काठमाडौँ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुने भएको छ ।
जिल्ला अदालत काठमाडौँको न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सुनुवाई हुने भएको हो । उनी विरुद्धको मुद्दा पाँचौँ नम्बरमा रहेको छ । चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो ।
प्रतिक्रिया