लोकतन्त्रका १७ वर्ष , दलालहरुको कव्जामा -जनवादीव्यवस्था कालागी सँघर्ष गर्नुपर्ने

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ११ ०९:२७ बजे

काठमाडौं । जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १७ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ ।२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए । सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरूपमा भएको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए ।त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी  भयो, , अहिले नयाँ संरचनाअनुसार देशमा दोस्रोपटक संसदीय चुनाव भइसकेको छ ।

तर, अझै पनि धेरै नागरिकले व्यवस्था फेरिए पनि देश र आफ्नो अवस्था उस्तै रहेको भन्दै गुनासो गरिरहेका छन् । नागरिकमा निराशा झन्‌झन्‌ बढेको छ ।दलहरू जनताभन्दा बढी सत्ताकेन्द्रित भएकोले नागरिकका दैनिक जनजीवन र आवश्यकता पूर्तिमा महसुस हुने गरीको परिवर्तन नदेखिएको गुनासा व्याप्त छन् ।

व्यवस्था परिवर्तन मात्रात्मकरुपमा भए पनि जनताको अवस्था परिवर्तन हुन सकेको छैन। लोकतत्र केहि दलाल माफिया र तस्करहरुको मुठि भित्र रहेको छ। यिनैले देशका ठुला पार्टी , सत्ता र सरकार चलाउने गरेको छन। यो लोकतत्र दलालहरुको तत्र भएको हुदा वास्तविक मजदुर किसानको जनवादी लोकतत्र नआए सम्म गरिखाने किसान मजदुर र मध्येम वर्गको जिवन स्तरमा कुनै परिवर्तन नहुने कुरा वामपन्थि विश्लेषकहरु वताउछन।

२०८० वैशाख ११ ०९:२७ बजे

प्रतिक्रिया