एमालेलाई जित्नमा कसैले रोक्न सक्दैन् - अध्यक्ष ओली

एमालेलाई जित्नमा कसैले रोक्न सक्दैन् - अध्यक्ष ओली

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २८ १८:४० बजे
अध्यक्ष ओली

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग डराएर हालको पाँच दलीय गठबन्धनलाई ८ दलीय गठबन्धन बनाउन  लागेको  आरोप लगाएका छन् ।  शनिवार लोकतान्त्रिक शेर्पा संघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै  ओलीले यस्तो बताएका हुन् ।  ओलीले कार्यक्रममा आगामी निर्वाचनमा  जसले जति दलीय गठबन्ध बनाए पनि  एमाललेलाई  जित्नमा कसैले रोक्न नसक्ने बताएका छन् ।

पछिल्लोपटक गठबन्धनमा डा. बाबुरा भट्टराईको नेपाल समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत सहभागी हुने चर्चा चलिरहेको तर्फ संकेत गर्दै ओलीले भने, ‘एमालेसँग डराएर हालको पाँच दलीय गठबन्धनलाई ८ दलीयमा रुपान्तरण गर्न खोजिँदैछ । तर, एमालेको जितलाई गठबन्धनले रोक्न सक्दैन ।’ 

 मुलुकको विकास र समृद्धिको नेतृत्व एमालेलेमात्र गर्नसक्छ भन्ने कुराको विश्वास जनतामा जागेको ओलीको दाबी छ । उनले जनतामात्र नभई सेना, प्रहरी र कर्मचारीहरूमा समेत एमालेले मात्र मुलुकको विकास गर्नसक्ने कुराको विश्वास बढेको दाबी गरे । 

अध्यक्ष ओलीले कांग्रेसले गलत अभ्यासले मुलुकलाई द्वन्द्वतर्फ धकेलिरहेको बताए । कांग्रेसले एमालेसँग शत्रुतापूर्ण व्यवहार गरेको बताउँदै उनले भने, ‘लोकतन्त्रमा प्रतिष्र्धा हुन्छ, शत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरूले प्रतिष्पर्धा गर्न आँट गरिरहेका छैनन्, शत्रुता गर्न खोजिरहेका छन् । 

२०७९ साउन २८ १८:४० बजे

प्रतिक्रिया