मनाइयो १५४ औं लेनिन जयन्ती तथा ७५ औं पार्टी स्थापना दिवस

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १० १६:२१ बजे

बुटवल  । नेकपा (मशाल) र नेकपा (क्रान्तिकारी–माओवादी)ले संयुक्त कार्यक्रम गर्दै लेनिनका बिचारहरुलाई आत्मसात गर्ने प्रण  गरेका छन। रुपन्देही मा आयोजित कार्यक्रममा प्रमुखवक्ता को रूपमा सहभागी  नेकपा (मशाल) कामहासचिव  सन्त बहादुर नेपालीले लेनिनका योगदान बारे बिस्तृत चर्चा गर्नुभएको थियो। १५४ औं लेनिन जयन्ती तथा ७५औं पार्टी स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव नेपालीले भन्नुभयो - अहिले नेपालमा मार्क्सवाद, लेनिनवाद र माओ बिचारधाराका सार्बभौम नियमहरु लै अस्विकार गर्ने पार्टीहरु ले जनताको बिचमा आफुहरु कम्युनिस्ट पार्टी भएको भ्रम फिजाउन सफल भएका छन,उनीहरुको त्यो झुठको प्रर्दा च्यात्नु क्रान्तिकारीहरुको कर्तव्य हो  त्यो कर्तव्य पूरा गर्न आजैदेखि प्रतिज्ञा गरौ।।

कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले क्रान्तिकारी बिचको दरिलो एकता आजको आवश्यकता भएको  कुरा औल्याएका थिए । लेनिनका बिचारलाइ आत्मसात गरेर अगाडि बढे मात्रै उहाँलाई सम्झिएको अर्थ रहने बताएका थिए ।

नेकपा ( मशाल ) रुपन्देहीका प्रवक्ता कमरेड बाबुराम आचार्य ले  -आफ्नो पार्टीले आठौं महाधिवेशन द्वारा पारित संसोधनबादी निति खारेज गरेर विशेष महाधिवेशन द्वारा ढल्न लागेको लेनिनको झण्डा छोपेको हुदा लेनिनवादका सार्बभौम नियमहरुको आलोकमा उभिएर धोस्त बनाइएको कम्युनिस्ट आन्दोलन को पुनर्निर्माण गर्ने जिम्मा ( मशाल ) को काधमा आएको हुँदा त्यो  ऐतिहासिक  जिम्मेवारी पूरा गर्न लेनिनवादको  संगठनात्मक पद्धतिमा समाहित हुनुपर्ने कुरा बताएका थिए ।

लेनिनको व्यक्तित्व सामान्य खालको नभएको चर्चा गर्दै अतिथि वक्ताहरुले “क्रान्तिकारी सिद्धान्त बिना क्रान्तिकारी परिवर्तन असम्भव छ” भन्ने लेनिनको भनाइलाई हरेक कम्युनिस्ट क्रान्तिकारीहरुले मनन गर्नु पर्ने बताएका थिए  यसरी आफ्नो मन्तव्य राख्ने नेताहरु पुराना वामपन्थी नेता नेत्र नारायण सर्मा, बामपंथी नेता लक्ष्मी कान्त  पौडेल, लगाए थिए । नेकपा मशाल रुपन्देहीका सदस्य दयाराम खनाल को सञ्चालन मा सम्पन्न कार्यक्रमको अध्यक्षता देजमो का नेता झबिलाल थापा ले गर्नु भएको थियो । कार्यक्रममा लेनिनको तस्बिरमा माल्यार्पण समेत गरिएको थियो।


२०८० वैशाख १० १६:२१ बजे

प्रतिक्रिया