संसदीय व्यवस्था असफल भइसक्यो : विप्लव

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ९ १८:०३ बजे
विप्लव

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले नेपालमा संसदीय व्यवस्था  असफल भएको बताएका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई  बोल्दै उनले  दलाल पुँजीवाद अजिङ्गरको रूपमा आउन लागेको बताएका हुन् ।  

 उनले अब आफूहरूले पुँजीवादकोअन्त्य गर्न हरहालमा लाग्नुपर्ने बताएका छन् । 'समाजवाद आयो भने नेकपाका पार्टीले मात्रै शासन गर्ने होइन। समाजवाद आयो भने हाम्रो पार्टी र हामीसँग मोर्चाबद्ध भएकाले सत्ता चलाउने होइन। समाजवाद सबै जनताको लागि आउने कुरा हो। विदेशीहरूको तलुवा चाटेर आफ्नो देशलाई बेच्न तयार भएर भएर बसेका दलालहरूलाई त्यो अधिकार हुँदैन', उनले भने । 

उनले नेपालमा रोजगारी नभएको बताउँदै कुन पार्टीहरूले रोजगारी सिर्जना गर्न नसकोमा पनि प्रश्न गरे उनले देशमै रोजगारीको व्यवस्था गरेर देशको विकास गर्नु आवश्यक रहेको बताएका छन् । 

२०८० वैशाख ९ १८:०३ बजे

प्रतिक्रिया