मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

विश्वासको मत नपाउने निश्चित

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ९ ०८:०८ बजे
खगराज अधिकारी

काठमाडौँ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन्।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि  उनले विश्वासको मत लिनु परेको हो । 

समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । ६० सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन  चाहिन्छ । 

गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको तेस्रो मुख्यमन्त्री बनेका थिए। तर उनले विश्वासको  मत नपाउने भने निश्चित जस्तै रहेको छ । 

२०८० वैशाख ९ ०८:०८ बजे

प्रतिक्रिया