हङकङसँग यूएई डीएल पद्धतिमा ६७ रनले पराजित 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ८ १९:४७ बजे
हङकङ

काठमाडौँ । जारी एसीसी प्रिमियर कपको समूह बी अन्तर्गतको खेलमा हङकङले युएईलाई डीएल पद्धतिमा ६७ रनले हराएको छ । मूलपानी क्रिकेट मैदानमा हङकङले दिएको  २६४ रनको लक्ष्य पछ्याएको युएईले वर्षाले खेल प्रभावित हुँदा २७ ओभरमा जीतका लागि १८५ रनको नयाँ लक्ष्य पाएको थियो ।

युएईले निर्धारित २७ ओभरमा मात्र ११७ रन जोड्यो । युएईका आयान लर्काले ७१ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५२ रन जोड्न सक्यो । हङकङका इसान खानले २ तथा अजाज खान, मोहम्मद गहाजाफर र आयुष शुक्लाले समान एकएक विकेट लिए । यसअघि टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो ।

 

२०८० वैशाख ८ १९:४७ बजे

प्रतिक्रिया