ओमानमाथि नेपालको सहज जित

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ८ १६:३७ बजे
नेपाल

काठमाडौँ । जारी एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल विजयी भएको छ । ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले ९ विकेट गुमाएर ४६ ओभरको समाप्तिमा २२६ रन  जोडेको छ ।

नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।

२०८० वैशाख ८ १६:३७ बजे

प्रतिक्रिया