सन्दीप लामिछानेको नाममा १०० विकेटको विश्व कीर्तिमानी

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ८ १४:१३ बजे
सन्दीप लामिछाने

काठमाडौँ । नेपाली स्पीनर सन्दीप लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका कीर्तिमानी बनाएका छन् । एसीसी प्रिमिअर कपको बिहीवार ओमान विरुद्धको खेलमा अदिल शफिक को विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्।

उनले ४२ खेल खेलेर १०० विकेटको कोशेढुङ्गा पूरा गरेका हुन्। लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका छन्।यसअघि गत महिना कीर्तिपुर क्रिकेट मैदानमा भएको आइसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा लामिछानेले मोहम्मद वासिम (६३ रन)लाई एलबीडब्लुको धरापमा पारेपछि विकेट सङ्ख्या ९९ पुर्‍याएका थिए।

तर त्यसदिन उनले अर्को विकेट भने लिन सकेनन्। २०१८ को अगस्ट १ मा नेदरल्यान्ड्स विरुद्ध खेल्दै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा पदार्पण गरेको थियो। सो खेलमा लामिछानेले पहिलो विकेट लिएका थिए।

२०८० वैशाख ८ १४:१३ बजे

प्रतिक्रिया