धरानका मेयर हर्क साम्पाङले फेरि मागे वडाध्यक्षहरूको राजीनामा

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ७ १५:३७ बजे
मेयर हर्क साम्पाङ

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले वडाध्यक्षहरूको फेरि राजीनामा मागेका छन् ।  कार्यपालिका बैठक बहिष्कार भएपछि मेयर राईले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् । 

‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ मेयर सम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यसअघि १ पुसमा पनि मेयर साम्पाङले कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए । 

विज्ञप्ति



२०८० वैशाख ७ १५:३७ बजे

प्रतिक्रिया