ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने गुरुप्रति विशेष श्रद्धाभावले गुरु पूर्णिमा मनाइँदै

ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने गुरुप्रति विशेष श्रद्धाभावले गुरु पूर्णिमा मनाइँदै

bimbonline बिम्ब अनलाइन
२०७९ असार २९ १०:३० बजे
गुरु पूर्णिमा

काठमाडौं । हिन्दू परम्पराका अनुयायी मैथिल (मिथिलाका बासिन्दा)आज गुरु पूर्णिमा मनाउँँदैछन् । असार पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाउने प्रचलन रहदै आएको छ ।

यस पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गराउने मैथिल परम्परा छ । पर्वविशेषले मिथिलाक्षेत्रमा आज बजारमा चहलपहल ह्वात्तै बढेको छ । धार्मिक मठमा प्रवचन र गुरुपूजासहितका कार्यक्रम आयोजन गरिएका छन् ।संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको हुँदा पूर्वीय परम्परामा यस पर्वको महत्व  रहेको छ । 

विभिन्न शास्त्रमा गुरुलाई त्रिदेव मानिएको  छ। पूर्वीय दर्शन परम्पराका स्थापित धर्मग्रन्थ वेद, पुराण, उपनिषद, रामायण र महाभारतसहित महाकाव्यका रचयिता महामुनि कृष्ण द्वैपायन (वेदब्यास) को जन्म दिन असार पूर्णिमा नै मानिएको हुँदा उहाँप्रतिको सम्मानभावबाट नै हिन्दू परम्परामा यो पर्वको परम्परा बसि आएको  मान्यता रहेको छ । 

माता–पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भनिने हिन्दू वैदिक परम्परा छ । पर्वले गुरुप्रति अहोेभाव (कृतज्ञता) ब्यक्त गर्न सिकाएको छ ।

२०७९ असार २९ १०:३० बजे

प्रतिक्रिया