उपनिर्वाचन बहिष्कार गरौँ भन्ने चार जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ७ १४:३० बजे
चार जना पक्राउ

 काठमाडौँ । आइतबार हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले दमौलीबाट पक्राउ गरेको हो । 

प्रहरीले पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना  जनालाई  पक्राउ गरेको हो । 

नेपाल कम्युनिस्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले संयुक्त रूपमा उपनिर्वाचन बहिष्कारको अभियान चलाइरहेका छन् ।


२०८० वैशाख ७ १४:३० बजे

प्रतिक्रिया