एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल विजयी 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ५ १५:५६ बजे

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले विजय हासिल गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  मलेसियासँग भएको खेलमा नेपालले सुखद विजय सुरुवात गरेको हो । 

मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो।  नेपालले मलेसिया दिएको २३६ रनको लक्ष्य  ४ विकेटको क्षतीमा ३६ओभर खेल्दै पुरा गरेको हो । 

 

२०८० वैशाख ५ १५:५६ बजे

प्रतिक्रिया