आन्दोलनरत द्वन्द्वपीडित पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ५ १२:४८ बजे
द्वन्द्वपीडित पक्राउ

 काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै  नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  नयाँबानेश्वरको एभरेस्ट होटेल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयक संसद्मा दर्ता भएका छन् । ती विधेयकमा पीडकलाई उन्मुक्ति दिने व्यवस्था रहेको भन्दै आन्दोलन गरिएको हो । 

विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकाहरूलाई रोक्न प्रहरीले सडकमा बार लगाएको थियो । त्यसलाई पन्छाएर अगाडि बढ्न खोजेपछि प्रहरीसँग केही बेर ठेलमठेल भएको थियो । निषेधित क्षेत्रलाई तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

२०८० वैशाख ५ १२:४८ बजे

प्रतिक्रिया