आजदेखि एसीसी प्रिमियर कप, उदघाटन खेलमा नेपालले मलेसियासँग खेल्ने

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ५ ०७:५३ बजे
एसीसी प्रिमियर कप

काठमाडौँ । एसिया कप छनोटको आधारको रूपमा रहेको एसीसी प्रिमियर कप आजदेखि  काठमाडौँ सुरु हुँदै छ । आज हुने खेलमा नेपाल मलेसिया खेल्ने लागेका हुन् । समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबिचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

यस्तै समूह ‘बी’ अन्तर्गत हङकङ र सिंगापुरको खेल आजै मूलपानी मैदानमा हुनेछ । यसै खेलबाट मूलपानी मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो खेल हुनेछ ।झन्डै एक दशकपछि पहिलो पटक एसीसीको प्रतियोगिता आयोजना अधिकार पाएको नेपालले आयोजक र टिमको रूपमा तयारी गरेको छ ।

यस्तै मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि नेपाली टिमलाई प्रिमियर कपका लागि तयार पारेका छन् । अघिल्लो महिना घरेलु मैदान क्रिकेट विश्वकप लिग टु खेलेकै टिमलाई उनले निरन्तरता दिएका छन् । रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोली तयार छ ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेमा ऐतिहासिक रूपमा एसिया कपमा छनोट भएर भारत पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । त्यसैले पनि नेपाली टोली र क्रिकेट समर्थक अहिले निकै उत्साहित छन् । 


२०८० वैशाख ५ ०७:५३ बजे

प्रतिक्रिया