ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

बेस्ट बलरमा आर्मीका जितेन्द्र मुखिया घोषित भए

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३ १७:०८ बजे
ऋचा मेमोरियल टी–२० क्रिकेट

 काठमाडौँ । प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा  आज आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ४ विकेटले हराउँदै आर्मीले  विजयी भएको हो । 

उपाधिसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँको साथै आकर्षक ट्रफी पाएको छ । उपबिजेता भएको एनबीएससीले ७५ हजार रुपैयाँ पाएको छ । 

१११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा  पुरा गरेको हो । यसअघि टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७ दशलव २ बलमा सबै विकेट गुमाई ११० रनमा समिति भयो ।

प्रतियोगिताको बेस्ट ब्याटरमा एमबी ग्रुप डडेल्धुराका दिपक बोहरा घोषित भए । यस्तै प्लेयर अफ सिरीज दिल्ली युनाइटेडका साकेत केडिया भए । उनले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाए । बेस्ट बलरमा आर्मीका जितेन्द्र मुखिया घोषित भए ।

२०८० वैशाख ३ १७:०८ बजे

प्रतिक्रिया