एसीसी प्रिमियर कपका लागि यस्तो बन्यो नेपाली टोली 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३ १५:३९ बजे
एसीसी प्रिमियर कप

काठमाडौँ । वैशाख ५ देखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । नेपालले वैशाख ५ बाट काठमाडौँमा हुने एसीसी प्रिमियर कपका लागि टोलीको घोषणा गरेको हो । 

नेपालको लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

यस पटक अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीमा रहेका छन् । पछिल्लो पटक वैकल्पीक स्थान बनाएका श्याम(मौसम) ढकालको स्थानमा किशोर महतो आएका छन् ।

२०८० वैशाख ३ १५:३९ बजे

प्रतिक्रिया