कानुन व्यवसायीद्वारा प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ३० ११:५६ बजे
धान न्यायाधीश नियुक्ति प्रक्रिया

काठमाडौं । नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई  प्रधानन्यायाधीश नियुक्त गर्नका लागि ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई तत्काल प्रधानन्यायाधीशको नियुक्तिका लागि माग गरेका हुन् । 

 पदाधिकारीहरूले आज बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर  ध्यानाकर्षण गराएका हुन् । नेपाल बार एसोसिएसनले हिजो बुधवार पत्रकार सम्मेलन गरी एक हप्ता भित्र प्रधानन्यायाधीशको नियुक्ति नगरे आन्दोलन गर्ने चेतावनी  दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि जति सक्दो चाँडो प्रधान न्यायाधीशको टुङ्गो लाग्ने बताएका छन् ।  नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले  प्रधानमन्त्री नै संवैधानिक परिषद्को अध्यक्ष समेत भएका प्रधानमन्त्री समक्ष उक्त माग राखिएको बताएका छन् ।  

२०७९ चैत्र ३० ११:५६ बजे

प्रतिक्रिया