नक्सापासका लागि २० हजार घुस लिँदैगर्दा इन्जिनियर पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २७ १९:५८ बजे
पक्राउ

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर घुस रकम सहित पक्राउ परेका छन् । इन्जिनियर अजयकुमार मेहता २० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । 

घरको नक्सापासका लागि घुस लिएको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सोमबार इन्जिनियर मेहतालाई विराटनगर महानगरपालिका-५ पुल्चोक छेउबाट पक्राउ गरेको हो। 

२०७९ चैत्र २७ १९:५८ बजे

प्रतिक्रिया