रास्वपा सांसदले २ करोड मागेको अडियोबारे अनुसन्धान हुन्छ

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २७ ११:३५ बजे
रास्वपा सांसद

चितवन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणबारे अनुसन्धान गरिने  बताएका छन् । 

आज बिहान चितवनमा पत्रकारहरूको जिज्ञासामा गृहमन्त्री श्रेष्ठले अडिए प्रकरणबारे अनुसन्धान गरिने जे पुष्टि हुन्छ, त्यसअनुसार कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन्। ‘दुई करोडको कुरा आएको छ । अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार अघि बढ्ने कुरा हुन्छ।’ उनले भने । 

अडियो प्रकरण अहिले आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट निष्कर्षमा पुगिनसकेकाले अनुसन्धानको प्रक्रिया अघि बढेपछि जे पुष्टि हुन्छ त्यहीअनुसार अघि बढ्ने  उनले बताएका छन् । 

२०७९ चैत्र २७ ११:३५ बजे

प्रतिक्रिया