रवि लामिछानेको आग्रहमा सभापति पदमा सर्वसम्मत छानिएका थिए ढाकाकुमार श्रेष्ठ

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २७ ११:१३ बजे

 काठमाण्डौ । २०७४ साउन १०  कास्कीका प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन समितिले पोखराको पृथ्वीचोकमा रहेको शुभ बिहानी पोलिक्लिनिकमा छापा मार्‍यो । किनकि पोलिक्लिनिक अवैध रूपमा सञ्चालनमा रहेको थियो, त्यसैले तत्कालै सिल गरियो । औषधि पसल सञ्चालनको अनुमति लिएर गैरकानुनी रूपमा अस्पताल नै चलाउने अरू कोही होइन, यिनै ढाका कुमार  श्रेष्ठ थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इमर्जेन्सी वार्ड इन्चार्ज रहेका बेला उनले पोखरा बसपार्कअघि आफूखुसी पोलिक्लिनिक चलाएका थिए । अनुगमन समितिमा रहेका तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रयोगशाला प्राविधिक अधिकृत रवीन्द्र बस्ताकोटीका अनुसार श्रेष्ठले अनुमतिबिना बहिरंग सेवा, प्रयोगशाला, एक्सरे मात्र होइन, १५ शय्याको अस्पताल नै चलाएका थिए ।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाका अनुसार गैरकानुनी पोलिक्लिनिकले असुरक्षित गर्भपतन गरेको समेत भेटिएको थियो । ‘तल्लो तलामा औषधि पसल थियो, वरपर साह्रै कडा गन्ध आएपछि खोज्दै जाँदा गर्भवती महिलाहरू देखिए,’ उनले भने, ‘गर्भपतन गराउन आएको थाहा पाएपछि पोलिक्लिनिक खाली गरायौं ।’ सरकारी अस्पतालमा कार्यरत डाक्टरले निजी औषधि पसलको अनुमति लिएर अस्पताल नै चलाउँदा सर्वसाधारण बिरामीको स्वास्थ्यमाथि खेलबाड भएको उनको भनाइ छ ।

श्रेष्ठ स्वास्थ्यमा मात्र सीमित थिएनन्, उनी सहकारीको विवादमा पनि मुछिए । पोखराको रत्नचोकमा उनले स्थापना गरेको साथी किसान सहकारीका बचतकर्ताको पैसा डुबेको छ । उनले आफू अध्यक्ष हुँदाको हिसाब बुझबुझारथ नगरी बिदा भए, नयाँ नेतृत्वले जिम्मा लिन नमान्दा सहकारी बन्द छ भने बचतकर्ताको बिचल्ली छ ।

बचत फिर्ता दिलाइदिन माग गर्दै पीडितहरूले पुस अन्तिम साता पोखरा महानगर गएर उजुरी दिए । महानगरले ३ महिनाभित्र रकम तिर्न सहकारीलाई निर्देशन पनि दिएको थियो । सहकारीले वैशाखसम्म बचतकर्ताको रकम फिर्ता गर्ने बताए पनि कार्यालय अहिलेसम्म बन्द छ । ऋणीसँग पैसा लिएर बचतकर्तालाई दिने भनिए पनि कोसँग कति रुपैयाँ लिनुछ भन्ने हिसाब पनि सहकारीसँग छैन ।

 स्थानीय चुनावपछि असार ७ मा रास्वपा गठन भयो । उनी रवि लामिछानेको सम्पर्कमा पुगे । रास्वपा गण्डकीका एक नेताका अनुसार श्रेष्ठले काठमाडौं पुगेर पहिलो भेटमै लामिछानेलाई प्रभावित बनाएका थिए । श्रेष्ठकै अगुवाइमा साउन ७ मा रास्वपाको गण्डकी प्रदेश भेला भयो ।भेलामा १६ जना प्रदेश सभापतिको आकांक्षी थिए । ‘पार्टी सभापति नै उपस्थित भएर उहाँ (श्रेष्ठ) लाई प्रदेश सभापति बनाउने इच्छा र आग्रह व्यक्त गर्नुभयो,’ ती नेताले भने, ‘उहाँले सहमति गरेर जाने भनिसकेपछि अरूले नाइँनास्ति गरेनन् । यसरी श्रेष्ठ रास्वपाको गण्डकी प्रदेश सभापति चुनिएका हुन् ।’ पारिवारिक राजनीतिक पृष्ठभूमि कांग्रेस भए पनि उनी रास्वपाअघि कुनै दलमा आबद्ध थिएनन् । तर चार वर्षअघि माओवादीनिकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ, गण्डकी प्रदेशअन्तर्गत चिकित्सक उपसमितिको सचिव भएर काम गरेका थिए । पोखरामा अहेव र हेल्थ असिस्टेन्ट पढेर चीनमा गई एमबीबीएस सकेर फर्केपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा करारमा जागिर सुरु गरेका थिए । रास्वपाको समानुपातिक सूचीका लागि देशभरबाट डिजिटल भोटिङ हुँदा उनी पहिलो नम्बरमा आएका थिए । रास्वपाले उनलाई जनजातितर्फबाट सांसद बनाएको हो ।

अहिले मेडिकल व्यवशायी दुर्गा प्रसाइ वाट  मत्री वन्नका लागी  रवि लामिछानेको कोरटिम लाइ  वुझाउन भनि दुइ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।रवि लामिछानेले विगतमा पत्रकारिता गर्दा पनि ठुलो रकम वार्गेनिङ गरेको आरोप लागे पनि यसरी अडियो नै सार्वजनिक भएको थिएन।





२०७९ चैत्र २७ ११:१३ बजे

प्रतिक्रिया