मोरङबाट ब्राउन सुगरसहित एक जना पक्राउ

मोरङबाट ब्राउन सुगरसहित एक जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ असार २९ १०:१६ बजे
arrest

काठमाडौं ।  मोरङकको पथरी शनिश्चरे नगरपालिका-१ बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई  पका्रउ गरीएको छ ।

मङ्गलबार राति साढे ९ बजे पथरी शनिश्चरे-१ का ३६ वर्षीय वीरबहादुर थापाले घरमा ब्राउन सुगर बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको   प्रहरीले जनाएको छ ।

उनले कोठामा लुकाइ राखेको दुई ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद पनि भएको छ।प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका थापामाथि अनुसन्धान भइरहेको छ।

२०७९ असार २९ १०:१६ बजे

प्रतिक्रिया