सन्दीप लामिछानेको मुद्दा न्यायाधीश बरालको इजलासमा

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २६ १२:१० बजे
सन्दीप लामिछाने

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागी पेसी तोकीएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको छ।

सन्दीपविरुद्धको मुद्दाको पेसी १३औँ नम्बरमा परेको छ। काठमाडौं जिल्ला अदालतमा आजका लागि २९ वटा मुद्दा पेसीमा चढेका छन्। 

आज पनि १३ नम्बरमा रहेकाले सुनुवाइ हुने सम्भावना कम देखिन्छ। गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत (पाटन) ले बदर गरेपछि सन्दीप धरौटीमा रिहा भएका थिए।

यसअघि दुईपटक पेसी तोकेर पनि सन्दीपविरुद्धको मुद्दा सुनुवाइ भएको थिएन।सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। त्यसको अन्तिम फैसला हुन लागेको हो।

२०७९ चैत्र २६ १२:१० बजे

प्रतिक्रिया