वुटवल । २०४६ चैत्र २४ गतेलाई जन आन्दोलनको क्रममा प्रथम जन आन्दोलन भनेर उच्चारण गरिदै आएको छ।चैत्र २४ परिवर्तन प्रेमी सम्पूर्ण नेपाली जनसमुदायको निम्ति निकै महत्त्वपूर्ण दिन थियो । ०६२ र ०६३ जन आन्दोलनको सफलता पछि आम नागरिकको आन्दोलन वा संघर्ष प्रति देखा पर्दै गएको उदासीनता हटाउन ०४६ चैत्र २४ को स्प्रिट लाइ बुझ्न र बुझाउन जरुरी छ। चैत्र २४ परिवर्तन चाहने नयाँ पुस्तालाई संघर्षका लागी प्रेणाको स्रोत बन्ने छ भन्ने अपेक्षा गर्न सकिन्छ ।
राजालाई घुडा टेकाउन बाध्य पार्ने आन्दोलनको प्रस्थान बिन्दु हो २४ चैत्र । उक्त ऐतिहासिक जन आन्दोलन दिवसको सन्दर्भमा हाम्रो पार्टी ने.क.पा. (मशाल) जिल्ला समिति रुपन्देहीको आयोजनामा एक दिवसीय जन आन्दोलन दिवस कार्यक्रम सम्पन्न भएको छ।पोलिटब्युरो सदस्य कमरेड कृष्ण राज पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
वर्तमान समसामयिक राजनीतिक परिस्थिति , चैत्र २४ को स्प्रिटमा वार्ता सम्बाद आदि बारे कामरेड कृष्ण राज पौडेलले मन्तव्य राख्नु भएको थियो। मनिराम सापकोटा ले संचालन गरेको उक्त कार्यक्रममा प्रवक्ता कमरेड ले समेत आफ्नो पार्टीको धारणा राख्नु भएको थियो।
प्रतिक्रिया