महिला ओलम्पिक छनोटमा आज नेपाल र भियतनाम खेल्दै 

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २५ ११:०४ बजे
महिला ओलम्पिक छनोट

काठमाडौं । सन् २०२४ मा हुने महिला ओलम्पिक फुटबल अन्तर्गतको एसियन छनोट राउण्ड वानको खेलमा आज नेपालले भियतनामसँग खेल्ने भएको छ । यो नेपालको दोस्रो खेल हो । 

समूह सीमा दुई टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा दुई खेल खेल्ने लागेका हुन् । यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले भियतनामसँग ५-१ गोल अन्तरको हार व्यहोरेको थियो । नेपाल र भियतनामबीचको खेल दशरथ रङ्गशालमा साँझ ६ बजे सुरु हुनेछ । 

दुई खेलपछि समग्रमा विजेता हुने टोली समूह विजेता बन्दै दोस्रो चरणमा पुग्नेछ । नेपालले समूह विजेता बन्न भियतनामलाई कम्तीमा चार गोल अन्तरले हराउनुपर्नेछ । एसियाबाट पेरिस ओलम्पिकमा दुई टिममात्र छनोट हुनेछन् ।

२०७९ चैत्र २५ ११:०४ बजे

प्रतिक्रिया