आइपिएल २०२३ अङ्क तालीका : लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २५ ०८:०५ बजे
IPL2023

काठमाडौं । लखनउ सुपर जाइन्ट्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ । आईपीएल २०२३ मा केएल राहुलको टोलीको यो दोस्रो जित हो। हैदरावादलाई ५ विकेटले हराएपछि लखनउको टोली अङ्क तालिकाको पाँचौं स्थानबाट सिधै शीर्ष स्थानमा पुगेको छ । लखनउ एकमा पुग्दा गुजरात टाइटन्स दोस्रो, पञ्जाब किंग्स तेस्रो, कोलकाता नाइट राइडर्स चौथो र राजस्थान रोयल्स पाँचौमा रहेको छ । 

लखनउ, गुजरात र पञ्जाबमा ४-४ अङ्क रहेको छ । तर लखनउको सबैभन्दा बढी नेट रन रेट १.३५८ छ। उता, सनराइजर्स हैदरावाद अन्तिम स्थानमा छ । हैदरावादले २ खेल खेले पनि अङ्क जोड्न सकेको छैन् । अङ्क तालिकामा बाँकी टोली चेन्नई सुपर किंग्स छैटौं, रोयल च्यालेन्जर्स बैंग्लोर सातौं, दिल्ली क्यापिटल्स आठौं र मुम्बई इन्डियन्स नवौं स्थानमा रहेको छ ।

लखनउ र हैदरावादबीच भएको आईपीएलको १० औं खेलमा पहिले ब्याटिङ गर्दै हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । हैदरावादका ब्याट्सम्यान लखनउका बलरको दबावमा परे ।  क्रुणाल पाण्ड्याले १८ रन दिएर ३ विकेट लिए । जवाफमा लखनउले २४ बल अगावै लक्ष्य हासिल गरेको थियो । बलपछि क्रुणाल पाण्ड्याले पनि उत्कृष्ट ब्याटिङ गर्दै २३ बलमा ३४ रन बनाए । पाण्ड्याका अलावा लखनउका कप्तान केएल राहुलले ३५ रन बनाए ।

२०७९ चैत्र २५ ०८:०५ बजे

प्रतिक्रिया