नागरिकता विधेयक ,एमसिसि र एस.पि.पि विरुद्ध को विरोध सभा सम्पन्न

नागरिकता विधेयक ,एमसिसि र एस.पि.पि विरुद्ध को विरोध सभा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ २३:१३ बजे
नागरिकता विधेयक

काठमाडौं । ६ वाम दलद्धारा आयोजित नागरिकता विधेयक र राज्य साझेदारी कार्यक्रम (एसपिपि) विरुद्ध विरोध सभा सम्पन्न  भएको छ ।  विभिन्न ६ वाम दलहरूले  देश का मुख्य शहरहरू जनकपुर ,सिमरा, हेटौडा ,चितवन,काठमाडौं  , पोखरा, वुटवल ,नेपालगन्ज,सुर्खेत र सुदूरपश्चिम को धनगढी को कार्यक्रमहरू सम्पन्न गरेका छन् ।

धनगढी को कार्यक्रम धनगढी वजारको भन्सार चोक वाट विरोध जुलुस  नारा सहित वसपार्कचोक ,एल.एन.चोक हुँदै पार्कमोड मा विरोध सभामा परिणत भयो। सभाको अध्यक्षता नेकपा (वहुमत) का शिखर ,सन्चालन नेकपा (क्रान्तिकारी माओवादी) शितल, स्वागत भाषण नेकपा (मसाल) महाधिवेशन आयोजक कमिटीका प्रतिनिधि नरेश झुकालले गरेका हुन् ।

वक्तामा नेकपा क्रान्तिकारी माओवादी हरि सुवेदी ,नेकपा (मसाल) महाधिवेधन आयोजक कमिटी का केन्द्रिय प्रतिनिधि लाल बहादुर जाग्री ले नागरिकता विधेयक मा आधार वर्ष २०७२ असोज ३ गते राख्ने कुरा, नेपाली नागरिक महिला वाट जन्मेको वच्चा (भान्जा भान्जिहरु) को बुबाको पत्ता नलागे मा वँशजको नागरिकता त्यस्ता वालकहरु लाइ दिने ,विदेशी महिला लाइ नेपाली नागरिक पुरुष ले विवाह गर्दा गर्दै वा एकहातले सिन्दुर अर्को हातमा नागरिकता दिने व्यवस्थाले सरिता गिरीहरु धेरै भित्र्याउने , जन्मका आधारमा नागरिकता पाउनेका सन्तानहरुले वँशज नागरिकता दिने व्यवस्था ले भारतीयहरूको नेपालमा बहुमत हुने र नेपालको नागरिकता  त्यागी विदेशमा वसेका गैरआवशिय नेपालीहरू लाई परिचय पत्र दिनु पर्नेमा नागरिकता नै दिने व्यवस्थाले विदेशिहरु ले यिनका नाम बाट लगानी गरेर नेपालमा रहेको प्राकृतिक स्रोतको दोहन गर्ने र एकै पटक एकै व्यक्ति दुइ देशको नागरिक भए पछि यिनको बफादारिता नेपाल प्रति नरहने भएको हुदा  नागरिकता विधेयका यि प्रावधान राष्ट्रघाती  रहेका  बताएका छन् ।

अर्का वक्ता नेकपा (वहुमत) सचिवालय सदस्य डि।डी पाण्डेले दलाल सँसदिय व्यवस्था भन्ने को लुटी खाने व्यवस्था हो नेपाली नागरिकहरू विश्वका विभिन्न देशमा नारकीय जीवन जिउन यो व्यवस्था ले वाध्य पारेको छ भन्ने आफ्ना नागरिकलाई  रोजगारीको व्यवस्था गर्न सक्दैन। नेपालमा भारतियहरुलाइ बसोवास गराउँदै कामको व्यवस्था गरेको छ भन्ने कुरा राख्नु भयो। कार्यक्रमका नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता हरिभक्त कडेल (प्रतिक)ले विदेशको दलाल पार्टी नेका, नेकपा (माओवादी केन्द्र) को दलाल नेतृत्वले  एमसिसि सम्झौता पास गरेर हाम्रो असँलग्न परराष्टृनितिका  विरुध्द काम गरि राष्टृधाति कार्य गरेका छन यसैको एक अंशका रुपमा  अमेरिका र नेपाल राज्य साझेदारी कार्यक्रम (एस.पि.पी ) हो यि सवै खारेज गर्न सवै देशभक्त पार्टी व्यक्ति एक हुनु पर्छ ,राष्ट्रपतिले नागरिकता विधेयक पास नगरी पुनः विचारका लागी संसद्मा फिर्ता गर्नु पर्छ  बताएका छन् । कार्यक्रममा जनताको उल्लेख सहभागिता रहेको थियो। 


२०७९ साउन २६ २३:१३ बजे

प्रतिक्रिया