नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी)हरुको पार्टी एकताको मशालले गर्यो स्वागत

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २४ ०८:५२ बजे

काठमाण्डौ।  नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी)  पार्टी ले आज एकता को जानकारी गर्ने वताएका छन । दुवै पार्टीको एकता संयोजन समितिको बैठकले ऐतिहासिक मे दिवसका दिन वैशाख १८ गते सोमबार पार्टी एकता  घोषणा गर्ने निर्णय भएको हो । अन्य क्रान्तिकारी मालेमावादीहरूसँग पनि पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणका लागि छलफल र बहस भइरहेको जनाइएको छ ।यि दुवै पार्टी विचको एकता लाइ नेकपा(मशाल) का महासचिब सन्त वहादुर नेपालीले  हिजो एक विज्ञप्ति निकाली स्वागत गरेको छन।

नेकपा (बहुमत) केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार शुक्रबार मध्याह्न काठमाडौँ अनामनगर धोबीखोला किनारमा रहेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा पार्टी एकता सम्बन्धमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच हुन लागेको पार्टी एकता सम्बन्धमा जानकारी दिन दुवै पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने गरी जनआन्दोलन दिवसका दिन चैत २४ गते मध्याह्न १२ बजे संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी   दिएको हो । कार्यक्रममा नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध जारी सङ्घर्षलाई जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने खाका सम्बन्धमा दुवै पार्टीका शीर्ष नेताहरूले पत्रकारका जिज्ञासा सम्बोधन गर्नेछन् ।नेकपा(मशाल), नेकपा(वहुमत) ,नेकपा( क्रान्तिकारी- माओवादी)  विच पार्टी एकताको छलफल भए पनि मशाल सँगका मतभेदहरु को टुङगो नलागेको हुदा यि दुइ पार्टीले एकताको जानकारी दिनआज एक पत्रकार सम्मेलन गरेकको कुरा वताएका छन।


२०७९ चैत्र २४ ०८:५२ बजे

प्रतिक्रिया