पञ्जाबको लगातार दोस्रो सफलता

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २३ ०८:१५ बजे
पञ्जाब

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाबलाई लगातार दोस्रो सफलता मिलेको छ ।  बुधबार भएको खेलमा पञ्जाब किंग्सले राजस्थान रोएल्समाथि पाँच रनको  हराएसँगै लगातार दोस्रो सफलता हात पारेको हो । योसँगै गुजरात जायन्ट् समान चार अंक जोडेको छ तर रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

पहिलो हार बेहोरेको राजस्थान २ अंकसहित चौथो स्थानमा छ । गुवाहटीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

जबाफी ब्याटिङ गर्दै  राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १९२ रन मात्र बनायो । राजस्थानलाई जितका लागि अन्तिम ओभरामा १६ रन आवश्यक थियो । तर पञ्जाबका सामम कुरानले उक्त ओभरमा १ विकेट लिँदै १० रन मात्र खर्चे ।

राजस्थानका लागि कप्ता नसन्जु सामसनले २५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४२ रन बनाए । शिमरोन हेतमायरले १८ बलमा ३६ रन जोडे । इम्प्याक्ट प्लेअरको रुपमा ब्याटिङ गरेका ध्रुव जुरेलले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै अविजित ३२ रन बनाए ।पञ्जाबका लागि नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अर्शदिप सिंहले २ विकेट लिए ।

पञ्जावका लागि कप्तान शिखर धवन र प्रबसिमरनले उत्कृष्ट ब्याटिङ गरेका थिए । धवनले ५६ बल खेल्दै ९ चौका र ३ छ्क्का मद्दतमा अविजित ८६ रन बनाए । प्रबसिमरनले ३४ बलमा ७ चौका  र३ छक्का प्रहार गर्दै ६० रन बनाए । जितेश शर्माले १६ बलमा २७ रन जोडे ।बलिङमा राजस्थानका ज्यासन होल्डरले दुई तथा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

२०७९ चैत्र २३ ०८:१५ बजे

प्रतिक्रिया