उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा कति ?

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २३ ०७:३८ बजे
उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। आयोगले वैशाख १० गते हुने  तीनवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सिमा तोकेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चितवन–२बारा–२ मा उम्मेदवारले २९ लाख रुपियाँ तथा तनहुँ–१ मा ३१ लाख रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको छ । 

२०७९ चैत्र २३ ०७:३८ बजे

प्रतिक्रिया