काठमाडौं । अहिले बनेको नयाँ सत्ता समीकरण प्रमुख दल नेपाली कांग्रेस पनि रहेको छ । कांग्रेसले सरकारका विभिन्न महत्वपूर्ण मन्त्रालय समालेको छ । सरकारमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको काम गराई र गति माथि नै प्रश्न तेस्र्याएका छन् । थापाले दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको र प्रधानमन्त्री तथा मन्त्रीहरूमा ‘वार मेन्टालिटी’ नपाएको उनले बताए ।
बुधबार राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नबौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले सरकारको गती निकै सूस्त भएको बताएका हुन् ।
उनले भने, 'हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ, तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।’नागरिकमा भरोसा जगाउन सरकारले दगुर्न सुरु गरेर ‘गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्यो भन्ने महसुस गराउन थापाको भनाई रहेको छ । यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको उनको गुनासो उनको रहेको छ ।
उनले भने ‘प्रधानमन्त्रीले भन्न सक्नुपर्छ, राष्ट्रपतिले भन्न सक्नुपर्छ, सचिवालयमा १२/१५ जना सल्लाहकार राख्ने सुविधा दिएको छ, म ३ जना वा ५ जना राख्छु । अत्यावश्यक बाहेक खर्च कटौती गर्दैछौँ । तर विकास खर्च पहिलाभन्दा सुधार गर्छौ भनेर गयो भने थोरै भएपनि सुधार आउँछ ।’
प्रतिक्रिया