आईपीएलमा लखनउको विजयी सुरुआत

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १९ ०८:०९ बजे
आईपीएल

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो खेलमा विजयी सुरुआत गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै विजय सुरुवात गरेको हो ।  

लखनउले दिएको १९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनायो । दिल्लीका लागि कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए भने राईली रुसोले ३० रन जोडे ।

लखनउका लागि मार्क उडले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । आभेष खान र रवि बिष्नोइले समान दुईरदुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो ।

लखनउका लागि ओपनर कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए ।

निकोलस पुरनले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन जोडे । आयुष बदोनीले ७ बलमा १८ रन बनाए ।

दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले दुईरदुई तथा अक्षर पटेल र कुलदिप यादवले समान एकरएक विकेट लिए ।

२०७९ चैत्र १९ ०८:०९ बजे

प्रतिक्रिया