काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली पहिलो चरणको छनोटका लागि मुख्य प्रशिक्षक अनन्तराज थापाले नेपाली टोली घोषणा भएको छ । उनले २२ सदस्यीय टोलीमा घोषणा गरेका हुन् ।
यस्तै पुजा रानाले टिममा पुनरागमन गरेकी छिन् । गत महिना भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने टिममा पुजा थिइनन् । २२ सदस्यीय टोलीमा डिफेण्डर सृजना चेम्जोङ नयाँ अनुहारका रुपमा छिन् ।भारत भ्रमणका क्रममा चोट लागेकी डिफेण्डर गीता राना हाल शल्यक्रियापछि आराममा छिन् ।
प्रशिक्षक थापाले गोलकिपर एन्जिला तुम्बाफो सुब्बाको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रशिक्षक थापाले ओलम्पिकको रेगुलेसन अनुसार २२ जना मात्र खेलाडी राख्न मिल्ने बताए ।
यस्तै प्रिति राई प्रशिक्षणका क्रममा घाइते भएकाले टिममा नराखिएको छैन् । डिफेण्डर गीता नहुँदा उनको स्थानमा पुजा रानालाई राखीएको छ ।नयाँ डिफेण्डर सृजना पनि टिममा छिन् ।
एसियाली पहिलो चरणको छनोटमा समूह सी मा रहेको नेपालले भियतनामासँग घरेलु मैदानमा दुई खेल खेल्नेछ ।
नेपाल र भियतनामबीच यही चैत २२ र २५ गते दशरथ रंगशालमा खेल हुनेछ । यस समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि दुई टिमबीच दुई लेगको खेल हुने भएको हो ।
नेपाली टिम
गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेण्डर : समीक्षा घिमिरे, हिराकुमारी भुजेल, अमृता जैसी, विमला विक, निशा थोकर, पुजा राना, सृजना चेम्जोङ
मिडफिल्डर : रेनुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सावित्रा राना मगर, अनिता केसी, अनिता बस्नेत
फरवार्ड : अमिसा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, निर्मला विक
प्रतिक्रिया