कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १७ १२:४४ बजे
कर्णाली

काठमाडौं ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज पुनः विश्वासको मत लिन लागेका छन् । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्न लागृेको छ ।

मख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेरनदिनेबारे दलका शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा छलफलमा जुटेका छन् । एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने अर्थमन्त्री समेत रहेका एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहले बताए । प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसले पनि अहिलेसम्म कुनै निर्णय गरेको छैन । आफूले सरकारको नेतृत्व पाउनुपर्ने दावी कांग्रेसले गर्दै आएको छ । 

पुस १० गते एमालेसहितको गठबन्धन बन्दा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी केन्द्रका २५ सांसदको समर्थनमा २७ पुसमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । बहुमत नभएकै कारण कर्णालीमा एमाले र माओवादी केन्द्र मिलेर सरकार चलाइरहेका छन् । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोद कुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाईं र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्ल छन् ।

मुख्यमन्त्री शर्मा एमालेबाट सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गर्ने मनसायमा देखिँदैनन् ।  कर्णालीमा प्रष्ट बहुमतका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक पर्दछ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेससँग १४, माओवादीसँग १३ र एमालेसँग १० (सभामुखसहित) तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद १र१ जना रहेका छन् ।

२०७९ चैत्र १७ १२:४४ बजे

प्रतिक्रिया