आदिवासी हक अधिकारमा राप्रपा नेपाल प्रतिबद्ध

आदिवासी हक अधिकारमा राप्रपा नेपाल प्रतिबद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १६:५१ बजे
राप्रपा नेपाल

काठमाडौं ।  राप्रपा नेपालले आफ्नो पार्टी   आदिवासीको हक हितका कटिबद्ध भएको बताएको छ ।  २८ औं विश्व आदिवासी दिवसलाई नेपालमा सप्ताहव्यापी रुपमा मनाइरहेको अवस्थामा राप्रपा नेपालले  यस्तो  बताएको  हो ।  आदिवासी जनजाति विभागले एक कार्यक्रम गरी शुभकामना आदानप्रदानसहित सो प्रतिवद्धता जनाएको हो ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमका वक्ताहरुले आदिवासी जनजातिको हक अधिकारमा राप्रपा नेपाल प्रतिबद्ध रहेको  बताएका हुन् ।  शेर्पाले जनजातिलाई पहिचानसहितको राज्य दिने भनेर सोझा अदिवासी जनजातिलाई उकासेर युद्धमा होम्ने काम भएको टिप्पणी  गरे । आफूलाई क्रान्तिकारी भन्ने दलले आदिबासीलाई सत्तामा पुग्ने भर्याङ बनाएको उनले  बताए । तीन तहको संघीयता मुलुकले थेग्न नसक्ने बताउँदै शेर्पाले पुरानो पाँच विकास क्षेत्रको अवधारणा नै उत्तम रहेको  बताए  ।

आउँदो निर्वाचनमा संविधानको मर्मअनुरुप आदिवासी जनजातिको समानुपातिक प्रतिनिधित्व हुनेगरी उम्मेदवारको वन्दसूचिमा नाम समावेश गर्न सबै राजनीतिक दललाई आग्रह गर्दै समावेशी र समानुपातिक प्रतिनिधित्वको नाममा आफ्ना परिवार र नातागोता समेट्ने परिपाटीको अन्त्य हुनुपर्ने  बताए ।

राप्रपा नेपालका सहमहामन्त्री एवम् पार्टीका आदिवासी जनजाति विभाग प्रमुख तेजकुमार कुरुम्वाङले नेपालको सनातनि सभ्यता, निरन्तरतासहितको परिवर्तन, सनातनधर्म हाम्रो राष्ट्रिय पहिचान र भाषा, धर्म, संस्कार संस्कृति, ज्ञान र  सीपको संरक्षण र प्रबर्धन गर्ने भन्ने राप्रपा नेपालको नीति नै आदिवासी जनजातिको नीति भएको  बताए  । आदिवासी जनजाति समुदायहरुको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, धार्मिक तथा भाषिक समस्यालाई समाधान गरी सर्वाङ्गिण विकास तथा उत्थानका लागि राष्ट्रिय जनजाति विकास समिति गठनको शुरुवात राप्रपा नेपालका अध्यक्ष कमल थापाबाट भएको  उनले र्चचा गरे ।  

सो पार्टीका उपाध्यक्षद्वय दिलविकास राजभण्डारी, लाक्पा तामाङ, प्रवक्ता वशन्तमान सिंह अधिकारी, वागमती प्रदेश अध्यक्ष माधव खत्री, सहायक महामन्त्री ममता राईलगायतका वक्ताले नेपालमा आदिवासी जनजातिहरुको अवस्थाको बारेमा प्रकाश पार्दै आदिवासीको हक, हित र अधिकार रक्षाकानिम्ति राप्रपा नेपाल प्रतिवद्ध रहेको  बताए । 

२०७९ साउन २६ १६:५१ बजे

प्रतिक्रिया