डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १५ ११:५० बजे
विराट गोल्डकप

काठमाडौं । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता  भएको केरलाको लुका सकर फुटबल क्लबले विराट गोल्डकपको फाइनलमा  पुगेको छ । विराटनगरको शहीद रङ्गशालामा मंगलबार राति भएको दोस्रो सेमिफाइनल खेलमा लुकाले डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको हो। 

निर्धारित र अतिरिक्त समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट गएको हो । पेनाल्टी सुटआउटमा लुका सकरका गोलरक्षक सनफिर नायक बने । 

 उनिम्यान अफ दि म्याच घोषित पनि बने । पेनाल्टीमा उनले एपीएफका विशाल स्याङतानको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै एपीएफलाई सुरुआती अग्रता बचाएका हुन् । यस्तै एपीएफका गोलकिपर राजु नगरकोटी आफैले प्रहार गरेको पेनाल्टी बारमा लागेर बाहिरिए पछि लुकालाई खेल जित्न सहज भयो । 

एपीएफका दीपेश धिमाल र सविन गुरुङले मात्र गोल गरेका थिए । लुकाका लागि चाल्स, मोहम्मद रफी, मोहम्मद असद र पउलले गोल गरेका थिए । 

क्यामुदिनको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए । उपाधिका लागि लुका सकरले  घरेलु टोली विराटनगरसँग बिहीबार खेल्नेछ । 

प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपियाँ र उपविजेता हुने टिमले १० लाख २५ हजार रुपियाँ पाउने छ । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपियाँ पाउने छ ।

२०७९ चैत्र १५ ११:५० बजे

प्रतिक्रिया