संसदीय छानबिन समितिको बैठक बस्दै

संसदीय छानबिन समितिको बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ असार २९ १०:१० बजे
संसदीय छानबिन समिति

काठमाडौं ।  बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ।बैठक सिंहदरबारमा साढे दुई बजे बस्नेछ।

बैठकले सभापतिको चयन गर्ने जनाइएको छ। कार्यविधि अनुसार अर्थमन्त्रालयबाट कागजात मगाउने, सिसिटिभी फुटेज मगाउने, बजेट निर्माणमा संलग्नसँग सोधपुछ गर्ने र स्थलगत अनुगमन गर्ने  भएको छ । 

हिजो बसेको पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि पारित गरेको थियो। सभापति चयनमा भने सत्तापक्ष र विपक्षले दाबी प्रस्तुत गरेपछि पहिलो बैठकले टुंग्याउन सकेको थिएन।

२०७९ असार २९ १०:१० बजे

प्रतिक्रिया