संसद्‍मा कोशी प्रदेश नामाकरण र आन्दोलनबारे जनता समाजवादी पार्टीले उठायाे प्रश्न

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १२ १४:५६ बजे
कोशी प्रदेश

 काठमाडौं ।  आज बसेको प्रतिनिधि सभाको बैठकमा कोशी प्रदेश नामाकरण र आन्दोलनका विषयमा प्रश्न उठेका छन् । जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्बुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति  जनाउदै कोशी प्रदेशको प्रसङ्ग उठाएका हुन् ।

  उनले आन्दोलनरत लिम्बुको प्रहरीको लाठी प्रहारबाट गम्भिर घाइते भएर ज्यान गएको र त्यस्ता खालको अमानवीय ज्यादती रोक्न सरकारसँग माग समेत गरेका छन् । गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्नका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेकामाथि सरकारको दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय काम भएको उनको भनाई रहेको छ । 

संघीय लिम्बुवान मञ्चका नेता समेत रहेका लिम्बुको विराटनगरमा आन्दोलनको क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा गम्भीर चोट लागेको थियो। उनले चैत्र १० गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारको क्रममा निधन भएको थियो।  

२०७९ चैत्र १२ १४:५६ बजे

प्रतिक्रिया