"नेपालमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक"

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ११ १६:०३ बजे
विष्णु पौडेल

काठमाडौं । एमाले नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेपालमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको भन्दै मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको  र तउसको लागि मिलेर समाधान खोज्नु आग्रह गरे । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने बताएका हुन् । 

निराशाजनक अवस्था केही वर्ष यता थिएन’, पौडेलले भने, ‘२०२४र२०२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’

मुलुकको संकटपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गरेर जिम्मेवार दलहरु सत्ता पक्ष र प्रतिपक्षको हिसाबले नभई संकट समाधानका लागि सबै दल साझा धारणा बनाएर लाग्नुपर्ने उनले बताएका छन् । 

पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा पर्यटन व्यवसायमा निजी क्षेत्रले गरेको ४० अर्ब बढी लगानीले उचित प्रतिफल पाउन नसकेको र व्यवसायी निराश भएको उनले बताए । 

२०७९ चैत्र ११ १६:०३ बजे

प्रतिक्रिया