‍ आज नेप्से सँगै कारोबार रकममा पनि गिरावट

‍ आज नेप्से सँगै कारोबार रकममा पनि गिरावट

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १५:५० बजे
सेयर बजार

‍काठमाडौं ।  निरन्तर ओरलो  यात्रामा रहेको नेप्से  आज  पनि  उच्च अंकले   ओरालो लागेको छ ।  साताको पाचौँ कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको  हो । 

 हिजो सामान्य अंकले ओरालो लागेको नेप्से अज  १९.०६ अंकले ओरालो लागोको  हो ।  आज नेीुे ओरालो लागेसँगै र दुईहजार ३७.८३ को विन्दुमा पुगेको छ ।  आज दिनभर २२३ कम्पनीका ६२ लाख ९८ हजार ६३८ किक्ता सेयर किनबेच हुँदा एक अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँ बराबरको कारोबार भयो । आज सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले घटेर ३९१.६६ को बिन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहमध्ये म्युचअल फन्डबाहेक अन्य समूहको परिसूचक ओरालो लागेको छ । म्युचअल फन्डको ०।४६ प्रतिशतले बढेको छ ।आज सर्वाधिक फाइनान्स समूहको २.३८ प्रतिशतले घटेको छ ।

बैंकिङ समूहको ०.२३ प्रतिशत, विकास बैंक समहुको १.६० प्रतिशत, होटल तथा पर्यटन समूहको १.८० प्रतिशत, हाइड्रोपावर समूहको १.२८ प्रतिशत लगानी समूहको १.७९ प्रतिशत, लाइफ इन्स्स्योरेन्स समूहको ०.७० प्रतिशत घटेको छ ।

यस्तै, उत्पादन तथा प्रशोधन समूहको १.५२ प्रतिशत, माइक्रो फाइनान्स समूहको ०.७३ प्रतिशत, ननलाइफ इन्स्योरेन्स समूहको ०.८६ प्रतिशत, अन्य समूहको १.७८ प्रतिशत, ट्रेडिङ समूहको ०.०१ प्रतिशतले घटेको छ ।

२०७९ साउन २६ १५:५० बजे

प्रतिक्रिया