मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले ?

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ११ ०८:५३ बजे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं । एमालेसँगको गठबन्धनलाई तोडेर पुरानै काङ्ग्रेससँगको  गठबन्धनमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिए । प्रधानमन्त्री प्रचण्डले विश्वाको मत लिँदा चाँडैनै मन्त्रिपरिषद्ले विस्तार गरिने अर्थात पूर्णता पाउने बताएका थिए । 

मन्त्रिपरिषद्को विस्तारका लागि प्रचण्डले आवश्यक पहल गरे पनि अहिलेसम्म भने कुनै काम हुन सकेको छैन् । नेपाली कांग्रेसका नेताहरूसँग बिहीवार छलफल गरेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बिस्तारबारे अन्य दलहरूसँग पनि छलफल गरेका छन् । 

सत्ता समीकरणको  अवस्थालाई हेर्ने हो भने सरकारले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने अवस्था रहेको छैन् । सत्तामा रहेका साना-ठुला सबै दलको चित्त बुझाएर अहिलेको मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको सामु ठुलो चुनौती रहेको छ ।  प्रधानमन्त्री प्रचण्ड अहिले पूर्णता दिन नसके पनि केही मन्त्रालयको भन्ने टुङ्गो लगाउने पक्षमा रहेको बुझिएको छ । 

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा मिल्दा पनि सरकारलाई आवश्यक पर्ने बहुमत पुग्छ। त्यसैले प्रधानमन्त्री र मुख्य दलहरूले अन्य साना दलहरूलाई कम महत्त्व दिइरहेको चर्चा भइरहेको छ। 

त्यसमाथि जसपासँग खास गरी लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीको राजनीतिक कटुताका कारण सन्तुलन मिलाउन पनि प्रचण्ड साना दललाई त्यति महत्त्व दिन नसक्ने अवस्थामा रहेको बताइन्छ।

२०७९ चैत्र ११ ०८:५३ बजे

प्रतिक्रिया