लिओनल मेसीको ८०० गोल पूरा

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ८३० गोल गरेका छन्

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १० ०८:१९ बजे
लिओनल मेसी

काठमाडौं । लिओनल मेसीले आफ्नो जिवनको ८ सयौं गोल पूरा गरेका छन् उनले आफ्नो ८ सयौं गोल पुरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले  हराएको हो । 

घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र युवा खेलाडी थिएगो अल्मडाले गोल गरेका हुन् ।  अल्माडाले ७८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले ८९औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए ।

अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि मेसीको यो ९९औं गोल हो । उनले क्लब लेभलमा कूल ७०१ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ६७२ र पेरिस सेन्ट जर्मेनका लागि २९ गोल गरेका छन् । अर्जेन्टिनाका लागि एक सय गोल पूरा गर्नबाट मेसी एक गोलले टाढा छन् । अर्जेन्टिनाले अर्को खेल आउने मंगलबार कुराकाओसँग हुँदै छ । 

मेसी करियरमा ८०० गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ८३० गोल गरेका छन् । गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो ।

२०७९ चैत्र १० ०८:१९ बजे

प्रतिक्रिया