वडाध्यक्ष र सचिव घुस रकमसहित पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ९ ११:०२ बजे
पक्राउ

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष र ब वडा सचिव घुस रकम सहित पक्राउ परेका छन् । अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई ५० हजार नगद घुस रकमसहित पक्राउ गरेको हो । 

जग्गा दर्ता कायम गर्ने सरजमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले  वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई नियन्त्रणमा लिई थप कारबाही अघि बढाइएको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् ।

२०७९ चैत्र ९ ११:०२ बजे

प्रतिक्रिया