नेकपा (मशाल) को उपनिर्वाचन बहिष्कार

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ७ १४:१८ बजे
महासचिव सन्त वहादुर नेपाली

काठमाण्डौ ।   नेकपा (मशाल) का महासचिव  सन्त वहादुर नेपालीले  आज २१ मार्च विश्व रङ्गभेद तथा जातीय भेदभाव विरुद्ध दिवसको अवसरमा नेपाल तथा विश्वका सम्पूर्ण जातीय तथा रङ्गभेद विरोधी आन्दोलनरत शक्ति, समूह, अभियन्ता सबैप्रति पार्टीकोतर्फबाट शुभकामना प्रकट गर्नु भएको छ। । नेपालमा आज रङ्गभेदको स्थिति नभए पनि जातीय भेदभाव कायम रहेकोले सन् १९७१ देखि यो दिवस मनाउँदै आउने गरिएको सन्दर्भमा जातीय भेदभावका विरुद्ध सङ्घर्षरत सम्पूर्ण न्याय, समानता र स्वतन्त्रताका पक्षधरहरूलाई जातीय भेदभाव उन्मुलनको दिशामा सफलता हासिल गर्ने प्रेरणा मिल्ने छ भन्ने आशा र विश्वास प्रकट गर्दै  एक आज विज्ञप्ति जारी गरेका छन ।   

 विज्ञप्तिमा अगाडी भनिएको छ  निर्वाचन आयोगले आगामी वैशाखमा  चितवन निर्वाचन क्षेत्र -२, बारा निर्वाचन क्षेत्र--२ र तनहुँ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । हाम्रो पार्टीले  यो उपनिर्वाचनलाई  सक्रिय बहिष्कार गर्ने  छ र बहिष्कार गर्ने अन्य पार्टी, शक्ति वा समूहहरूसित  कार्यगत एकता गरेर जान सकिने वताएका छन। 

 सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगसम्बन्धी विधेयकहरू संसदमा “फास्ट ट्रयाक” बाट प्रस्तुत गरेको छ । प्रयाप्त छलफल नै नगरी  यस्तो विधि अवलम्वन गर्नु  सरकारको अधिनायकवादी चरित्र हो।  विधेयकमा जघन्य मानवता विरोधी अपराध गर्नेहरूलाई उन्मुक्ति दिने प्रकारले विधेयक ल्याइएको स्पष्ट हुँदै गएको छ । यो विधेयकलाई बहुमतका नाममा यसरी “फास्ट ट्रयाक” बाट पारित गरियो भने द्वन्द्वपीडितहरूमाथि न्याय हुने छैन र एकपक्षीय हुने हुदा  यसमा  विरोध जनाउछौ विज्ञप्तिमा भनिएको छ। 

  यो गठबन्धन निर्माणमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको प्रत्यक्ष निर्देशनले भूमिका खेलेको जगजाहेर छ । त्यसकारण यो सरकार जनविरोधी, राष्ट्रघाती र प्रतिक्रियावादी गठबन्धनबाट बनेको हुनाले हाम्रो पार्टी यो गठबन्धन सरकारको विरोध गर्दछ । संसदीय व्यवस्था असफल भैसकेको हुनाले यस प्रकारको सरकार बन्नु स्वाभाविक हो । यस अवसरमा जनताको न्याय, अधिकार र राष्ट्रिय स्वाधीनताका लागि नयाँ जनवादी सरकार नै विकल्प हो भनि  आजको विज्ञप्तिमा उल्लेख गरेका छन


२०७९ चैत्र ७ १४:१८ बजे

प्रतिक्रिया