वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान, कहाँ कहाँ हुँदै छ उपनिर्वाचन ?

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ७ १०:०३ बजे
उपनिर्वाचन

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।आयोगद्धारा विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको हो ।आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको समय तोकेको छ ।  

आगामी वैशाख १० गते, तनहुँ-१, बारा-२चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । यस्तै, चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।

२०७९ चैत्र ७ १०:०३ बजे

प्रतिक्रिया