साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग खेल्दै

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ६ १०:१४ बजे
साफ यू-१७ महिला च्याम्पियनसिप

काठमाडौं  चैत्र ६ गते । बंगलादेशमा आजदेखि सुरु हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाललले भारतसँग पहिलो खेल खेल्ने भएको छ । नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजेबाट सुरु हुने भएको छ ।  

नेपाल आज हुने खेल जित्ने दाउमा रहेको छ । आजै आयोजक बंगलादेश र भुटान खेल्ने छन् । च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, भुटान र रुस गरी पाँच टिमको सहभागिता रहेको छ ।  सिंगल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । च्याम्पियनसिपमा यसपटक युरोपियन टिम रुस पनि सहभागी छ । त्यसैले यसपटक नेपाललाई उपाधि रक्षा गर्न थप चुनौती छ ।

‘यसअघि नोभेम्बरमा भएको साफ यू-१५ मा नेपाल बंगलादेश र भुटान मात्र सहभागि थियो । जसमा डबल राउण्ड रोविन लिगका आधारमा खेल भएको थियो र नेपाल धेरै अंक जोड्दै च्याम्पियन बनेको थियो । त्यसबेला नेपालले बङ्गलादेशलाई एक खेलमा हराएको थियो भने एक खेल बराबरी खेलेको थियो । नोभेम्बरमा साफ यू-१५ महिला च्याम्पियन जित्दाका १७ खेलाडी अहिले पनि टिममा छन् ।

यस्तो छ नेपाली टोली गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु ,मिडफिल्डर : माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ, फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार

२०७९ चैत्र ६ १०:१४ बजे

प्रतिक्रिया