प्रधानमन्त्री प्रचण्डले विश्वासको मत यसरी लि‍दै छन्

एमाले र राप्रपाले मत नदिने

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ६ १०:०० बजे
प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  चैत्र ६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत  लिने भएका छन् । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले पुन: विश्वासको मत लिनु परेको हो । उनले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ अभुतपुर्व मत पाएका थिए ।  

तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ ।

नेकपा एमाले, राप्रपा, नेमकिपा र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डल विश्वासको मतको विपक्षमा रहे पनि अहिलेको सत्ता समीकरणको अवस्था हेर्दा प्रचण्डले विश्वासको मत पाउने निश्चित जस्तै  रहेको छ ।  

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका ८६ , माओवादी केन्द्रका ३१ , जनता समाजवादी पार्टी  १० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १९,एकीकृत समाजवादी-१०,जनमत पार्टी, लोसपाका-४ नागरिक उन्मुक्ति पार्टी (नाउपा)- ४ राष्ट्रिय जनमोर्चा- १ स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंह सहितको  २ मत पाउने भएका छन् । 

२०७९ चैत्र ६ १०:०० बजे

प्रतिक्रिया