उपराष्ट्रपति निर्वाचनको मतदान र परिणाम घोषणा आजै

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ३ ०९:०४ बजे
उपराष्ट्रपति उम्मेदवारहरु

काठमाडौं चैत्र ३ गते । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ ।मतदान पछि मतगणना गरि आजै चुनावी परिणाम घोषण गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले  जनाएको छ।। २०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि सकिएसँगै नयाँ उपराष्ट्रपति चयन गर्न लागिएको हो ।

नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ । शाक्य र रामसहाय यादव प्रमुख प्रतिस्पर्धीको रूपमा छन् ।

प्रमिला कुमारी यादवले भने उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । समय सीमाभित्र उम्मेदवारी फिर्ता नलिएकाले निर्वाचन अधिकृतको कार्यालयले प्रमिलाको नाम पनि मतपत्रमा राखिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद र प्रदेशसभाका गरी कुल ८८२ मतदाता रहेको आयोगले जनाएको छ ।कुल मतभार ५२ हजार ६२८ रहेकोमा निर्वाचित हुन २६ हजार ३१४ मत आवश्यक पर्नेछ ।

 


२०७९ चैत्र ३ ०९:०४ बजे

प्रतिक्रिया