सादनी स्पोर्ट्स एसोसिएसन टिम बन्यो प्रथम बिजेता, टिमलाई बधाइ दिनेको घुइचो

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १ २०:३२ बजे
विजेता टिम

 डडेल्धुरा चैत्र १ गते। डडेल्धुरा  परशुराम नगरपालिका वडा न.४ भागेस्वर मा.बि. कटालको ४८औं बार्षिक उत्सव तथा अभिभाबक दिवसमा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष शेर सिंह माल डाइमन्ड को सभाध्यक्षता र सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम इन्चार्ज  माननीय खगराज भट्टको प्रमुख  आतिथ्यतामा  यहि फाल्गुन २७ गते उदघाटन गरिएको थियो ।

डडेल्धुराको भित्रीमदेश क्षेत्रमा सबैभन्दा ठूलो धनराशी पुरुस्कार  राखिएको भलिबल प्रतियोगितामा सादनी स्पोर्ट्स एसोसिएसन टिमले नगद  एकलाख एक हजार एक सय एघार  र मेडल सहित प्रथम जित हातपारेको छ । आफ्नो टिमले जित हासिल गरेको भन्दै  टिमका कोच तारा भट्टले यो जित वडा नम्बर ७ को मात्र नभै समग्र खेलप्रेमीको भएको बताउनु भयो । तेहवटा टिम खुल्ला पुरुष भलिवल तर्फ र नौवटा टिम  महिला भलिबल तर्फ  प्रतियोगितामा सहभागी भएका थिए । भुबनेस्वरी नमुना माबि परिगाउको टिम उपबिजेता  वन्दै एकाउन्न हजार एकसय एकाउन्न र  तेस्रो स्थानमा सागर स्पोर्ट्स क्लब मेलौली बैतडी  हुदै पच्चिस हजार एकसय एघार रुपिया पुरुस्कार राशि प्राप्त गरेका छन।

आयोजक टिमले पुरुष भलिबल तर्फ एकलाख भन्दा माथिको नगर पुरुस्कार र महिला तर्फ तीस हजार मात्र पुरुस्कार राखि विभेद गरिएको भनी सामाजिक संजालमा चर्को आलोचना  बढेपछि महिला भलिबल तर्फ नगद  पचास हजार एक सय एघार रुपिया राखेको आयोजक टिमका एक सदस्यले बताउनु भयो।

यति ठूलो कार्यक्रमको  आर्थिक ब्यबस्थापन  बारे भागेस्वर मा.बि. कटाल  अध्यक्ष शेर सिंह माल डाइमन्डले सम्पुर्ण रकम परशुराम नगरपालिका  कार्यपालिका सदस्य,विभिन्न निकाय, संघ सस्था र बिधालयका शिक्षक शिक्षिकाहरु बाट आर्थिक सहयोग प्राप्त गरेको बताउनु भयो। वार्षिक उत्सब लाई सभ्य र भब्य बनाउन बिधालय परिवार निरन्तर लागिरहेको र अझै आउदै गरेको स्वर्ण जयन्तिका पावन अवसरमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता राख्ने तयारी आजैबाट सुरु भएको शिक्षक दुर्गा पन्तले बिम्ब अनलाइन लाई बताउनु भयो।

 विधालय को ४८औं वार्षिक उत्सबमा सामुदायिक बनस्तरिय  देउडा प्रतियोगितामा  चार वटा टिमले सहभागीता जनाएकोमा  दुर्गा सामुदायिक बन उपभोक्ता समिती प्रथम ,कालिका सामुदायिक बन दोस्रो र जगदम्बा सामुदायिक बन तेस्रो स्थानमा रहेको थिए ।प्रथम हुने टिमलाई नगद आठ हजार, द्वितीय टिम लाई  चार हजार र तेस्रो हुने टिम लाई   दुई हजार पुरुस्कार प्रदान गरिएको थियो।

आज भएको समापन कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय जगत पार्की को प्रमुख आथित्यतामा पुरुष तथा महिला भलिबल प्रतियोगीताका फाइनल खेलका खेलाडी को उपस्थितिमा कार्यक्रमका सभाध्यक्ष शेर सिंह माल डाइमन्डले  बिधालय परिवार,  रेफ्री, सहभागी खेलाडी , सह प्रायोजक लगायत उपस्थित सबैलाइ धन्यवाद  दिदै कार्यक्रमको समापन गर्नु भयो।

२०७९ चैत्र १ २०:३२ बजे

प्रतिक्रिया