यहि चैत्र ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १ १३:५७ बजे
प्रधानमत्री पुष्पकमल दाहाल

 काठमाडौँ , चैत्र १ गते।  सत्तारुड पार्टी  नेकपा(एमाले) र राप्रपा ले प्रचण्ड सरकार लाइ दिएको विश्वासको मत फिर्ता लिदै सरकार वाट वाहिरिए पछि प्रधानमत्री पुष्पकमल दाहालले सँसदमा रहेका वहुमत साँसदको विश्वास मेरो सरकार  लाइ छ भन्ने कुरा पुष्टि गर्न  माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहि चैत ६ गते विश्वासको मत लिने भएका छन् ।

शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।‘प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित  जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नुभयो’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘ सत्ता साझेदार दलका शीर्ष नेताले चैत ६ गते विश्वासको मत लिने विषयमा समझदारी बनाएका ती सदस्यले बताए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

चुनावी सत्ता गठवन्धनका सवै पार्टी र रास्वपा ,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि  अव पुनःगठित  हुने  प्रचण्ड को नेतृत्वको सरकारमा सहभागी हुने वताइन्छ।


२०७९ चैत्र १ १३:५७ बजे

प्रतिक्रिया